Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ७ बुँदे निर्देशन

न्युज कारोबार काठमाडौं वैशाख १९, २०७८       

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ७ बुँदे निर्देशन

कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैंकले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको हाे ।

निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ । निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैंकले भनेको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै 'वर्क फ्रम होम'लाई जोड दिन तथा 'फेस टु फेस' बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न केन्द्रीय बैंककाे निर्देशन छ ।

सम्बन्धित खबरहरु