Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

निषेधाज्ञामा पनि सेयर बजारमा घटेन लगानीकर्ताको चाप, आइतबार ७ अर्ब ३६ करोडको कारोबार

न्युज कारोबार काठमाडौं वैशाख १९, २०७८       

निषेधाज्ञामा पनि सेयर बजारमा घटेन लगानीकर्ताको चाप, आइतबार ७ अर्ब ३६ करोडको कारोबार

अनलाइन कारोबार भएपछि सेयर बजारमा लगानीकर्ताको चाप घटेको छैन । गएको वर्ष लकडाउनमा शून्य कारोबार भएको सेयर बजारमा यो वर्ष भने निषेधाज्ञाका बीच पनि कारोबार भइरहेको छ । आज साताको पहिलो दिन आइतबार पनि सेयर बजार दोहोरो अंकले बढेको हो । नेपाल स्कट एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर दुई हजार ६६५.१० अंकमा उक्लेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८.७८ अंकले बढेर ४७७.८१ अंकमा पुगेको छ ।

आज २२६ कम्पनीको एक करोड ५८ लाख ३२ हजार ४०३ कित्ता ७ अर्ब ३६ करोड ८ लाख पाँच सय रुपैयाँको किनबेच भएको छ । आज सबै इन्डेक्सहरु उकालो लागेका छन् । नेप्सेमा सूचीकृत बैंकिङ १९.९१, व्यापारमा २.११, होटल तथा पर्यटन ३.३८, विकास बैंक ३८.२४, जलविद्युत ३७.८५, वित्त १६.०७, जीवन बिमा ४४८.७८, उत्पादनमुलक १५०.७२, अन्य ९४.८६, लघुवित्त १०४.५९, जीवन बिमा ६३२.१८, सामुहिक लगानी कोष ०.०४ र लगानी समूहको सेयर ०.७५ अंकले बढेको छ । 

गएको सोमबार करिब ६० अंक घटेर दुई हजार ५३३ अंकमा पुगेको सेयर बजार मंगलबार देखि भने उकालो देखिएको छ । मंगलबार दुई हजार ५५९, बुधबार दुई हजार ५९५ र बिहीबार सेयर बजार बढेर दुई हजार ६०१.९४ अंकमा पुगेको थियो ।

सम्बन्धित खबरहरु