Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

शंकर पोखरेललाई सपथ नगराउन ४० सांसदको माग

न्युज कारोबार काठमाडौं वैशाख १९, २०७८       

शंकर पोखरेललाई सपथ नगराउन ४० सांसदको माग

एकल बहुमतको सरकार गठन गर्ने तयारीमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सपथ नगराउन प्रदेश प्रमुखलाई भेटेर एमाले बाहेकका ४० सांसदले माग गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका हुन् ।

लुम्बिनी प्रदेशमा ८१ सदस्यीय प्रदेशसभा छ । एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको र विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँग जत्तिकै सांसद रहेको अवस्थामा दलहरुसँगको छलफलबाट मात्र प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँग माग गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुदीन खानले बताए । प्रदेश प्रमुखले विधि तथा नियम मिचेर कुनै काम नगर्ने प्रतिवद्धता जनाएको सचेतक खानकाे भनाइ छ ।

सम्बन्धित खबरहरु