गृहपृष्ठ मेटलाइफ नेपालको कोभिड केयर सहायता कार्यक्रम : ३ कार्यदिनमै बिमा भुक्तानी
मेटलाइफ नेपालको कोभिड केयर सहायता कार्यक्रम : ३ कार्यदिनमै बिमा भुक्तानी
हाल व्याप्त कोभिड-१९ को अवस्थाबाट प्रभावित ग्राहकको सहयोगार्थ मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको सुरुवात गरेको छ । जसअन्तर्गत कोभिड-१९ का कारण भएको मृत्यु दावीमा ३ कार्यदिनभित्रै द्रुतमार्गी बिमा भुक्तानी सेवा प्रदान गरिनेछ ।
यसअन्तर्गत दावीकर्तालाई बिमा दावीका लागि आवश्यक कागजात अनलाइनबाटै पेश गर्न सक्ने सुविधा दिइएको छ । लाभार्थीले दावी भुक्तानी तीन दिनभित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकले अधिक जानकारीका लागि सरल चरणबद्ध निर्देशनहरुको अनुसरण गर्न सक्नेछन् । द्रुतमार्गी दावीका साथै, यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकका लागि ३ वटा निदान केन्द्रसँग घरमै आई पीसीआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ । साथै डाँफे केयरमार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीलाई आवश्यक औषधी सहयोग समावेश छ । यस सुविधाका लागि ग्राहकले ०१-५९७०१६६ मा डायल गरि कल सेन्टरमा सम्पर्क वा http://service-nepal@metlife.com.np मा ईमेल गर्न सक्नेछन् । यससम्बन्धी विस्तृत जानकारीका लागि कम्पनीको वेबसाइट वा फेसबुक पेजमा भ्रमण गर्न सक्नेछन् ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्, 'अधिकांश नेपालीका लागि अहिले अत्यन्त कठिन तथा अनिश्चित समय हो । जनमानसलाई विश्वासिलो भविष्य निर्माणका लागि मद्दत गर्न हामीले आफ्नो जिम्मेवारी गम्भिरताका साथ लिएका छौं र आशा राखेका छौं कि, यस कोभिड केयर सहायता कार्यक्रमद्वारा हाम्रा ग्राहकलाई कोभिड-१९ बाट उत्पन्न चुनौतीको सामना गर्न केही मात्रामा भए पनि मनशान्ति तथा सुरक्षा प्रत्याभूति प्राप्त हुनेछ ।'
प्रकाशित समय : २१:२७ बजे