Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

शंकर पोखरेललाई संकटमा पार्न विमला खत्री माओवादी केन्द्रमा प्रवेश

न्युज कारोबार काठमाडौं वैशाख १९, २०७८       

शंकर पोखरेललाई संकटमा पार्न विमला खत्री माओवादी केन्द्रमा प्रवेश

नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी खत्री माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेकी जानकारी दिएकी हुन् ।

खत्रीले माओवादी केन्द्रमा गएपछि एकल सरकार बनाउन सुटुक्क राजिनामा दिएका शंकर पोखरेल संकटमा परेका छन् । ८० जना प्रदेशसभा सदस्यमध्ये आफ्नो पक्षमा ४१ सदस्य देखेर राजिनामा दिएका पोखरेल अब यता न उताका भएका छन् । सरकार बनाउनको लागि ४१ सांसदको आवश्यक पर्छ । तर अब पोखरेलसँग एमालेका ४० सदस्य मात्रै छन् ।

आइतबार लुम्बिनीको एमाले संसदीय दलले त मुख्यमन्त्रीका लागि शंकर पोखरेललाइ नै सिफारिस गर्ने निर्णय गरेको थियो । त्यही बीचमा नेकपाबाट उपनिर्वाचनमा निर्वाचित भएकी खत्री माओवादी केन्द्रमा प्रवेश गरेको पत्र सार्वजनिक भयो । पत्रमा सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाबाट नेकपा पार्टी नरहेकाले आफू नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभाको दल सदस्य भइ क्रियाशिल रहन इच्छुक भएकाले सो पार्टीको दलको सदस्य माग गरेको उल्लेख छ । सांसद केसीले गएको चैत २५ गते नै लेखेको पत्र आइतबारमात्रै स्वीकृत भएको थियो ।

सम्बन्धित खबरहरु