Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

न्युज कारोबार काठमाडौं वैशाख १९, २०७८       

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले केही बेरअघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा दिएको प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको उनकाे राजीनामापत्रमा उल्लेख छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध गत वैशाख ६ गते प्रदेश सभा सचिवालयमा नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । भावी मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।

अविश्वासको प्रस्तावमा छलफल गर्न आइतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन बोलाइएको थियो । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्तावउपर छलफलका लागि बोलाइएको बैठक दिउँसो १ बजे प्रदेशसभामा बस्ने कार्यक्रम रहेको थियो ।

सम्बन्धित खबरहरु