Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

कैलालीमा ३० गतेसम्म लम्बियो निषेधाज्ञा

न्युज कारोबार कैलाली वैशाख १९, २०७८       

कैलालीमा ३० गतेसम्म लम्बियो निषेधाज्ञा फाइल तस्बिर

कैलालीमा जारी निषेधाज्ञा वैशाख ३० गतेसम्मका लागि लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले निषेधाज्ञाको समय थप गरेको हो । पहिलो चरणमा वैशाख १६ गतेदेखि २२ गतेसम्म जारी गरिएको थियो ।

कोरोनाको जोखिम कम नभएको हुँदा थप एक साताका लागि निषेधाज्ञा थपिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । उनका अनुसार कैलालीमा संक्रमणको दर निरन्तर उकालो लागेको छ । संक्रमणको चेन ब्रेक गर्नको लागि कम्तीमा १५ दिन निषेधाज्ञा गर्नुपर्ने विशेषज्ञको सल्लाहअनुसार समय थप गर्न डीसीसीएमसीले निर्णय गरेको हो ।

सम्बन्धित खबरहरु