Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

सन् २००६ मा दुर्घटना भएको हेलिकोप्टर धौलागिरिमा भेटियो

न्युज कारोबार काठमाडौं वैशाख १८, २०७८       

सन् २००६ मा दुर्घटना भएको हेलिकोप्टर धौलागिरिमा भेटियो

नेपाली सेनाकाे टोलीले धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकोप्टर फेला पारेको छ । सेनाको ‘सफा हिमाल अभियान-२०२१ अन्तर्गत फोहर संकलन गर्ने क्रममा बुधबार धौलागिरी हिमालको इटाली आधारशिविरमा (एन-एसीआर) लेखेको हेलिकोप्टरको अवशेष फेला पारेको हो ।

हेलिकोप्टर सन् २००६ मा दुर्घटना भएको एयर डाइनास्टेको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ । हेलिकोप्टरसँगै धौलागिरि आधार शिविरदेखि करिब २ सय मिटर पर दुई मानव अवशेष फेला परेको र मृतकहरुको पहिचान नखुलेको जनाएको छ ।

सम्बन्धित खबरहरु