Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने अनुमान

न्युज कारोबार काठमाडौं वैशाख १७, २०७८       

नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने अनुमान

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालकाे आर्थिक वृद्धिदर ३.९८ प्रतिशतले बढ्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकलाई आधार मानी विभागले यस्तो अनुमान सार्वजनिक गरेको हो । आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २.१२ प्रतिशतले ऋणात्मक र अघिल्लो आर्थिक वर्ष ६.३९ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको ७ महिनादेखि ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाहरुका आधारमा तयार पारिएको तथ्यांक अनुसार कुल ग्राहस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । विभागले अझै यो अनुमान घट्न सक्ने जनाएको छ । 'यो अनुमान ९ महिनाको तथ्यांक समेटेर गरिएको हो, अझै कोभिडको प्रभाव बढ्दैछ, तीव्र ?पमा कोरोना फैलियो भने अझ सो अनुमान घट्न पनि सक्छ,' विभागले भनेकाे छ ।

आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत र लगानीलाई समेटेर राष्ट्रिय लेखासम्बन्धी अनुमानहरू प्रस्तुत गरिएको छ । विभागले राष्ट्रिय लेखा गणना गर्ने आधार वर्ष परिवर्तन गर्दै २०६७/६८ कायम गरेको छ ।

चालु वर्षमा नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब रुपैयाँको अनुमान गरिएको छ  । गत वर्ष भने अर्थतन्त्रको आकार ३९ खर्ब १४ अर्ब रुपैयाँ मात्रै पुगेको अनुमान छ । यसअघि तथ्यांक विभाले प्रारम्भिक रूप ३९ खर्ब ४३ अर्ब रुपैयाँको अनुमान गरेको थियो ।

सम्बन्धित खबरहरु