Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

एनआईबीएल समृद्धि फण्ड-२ मा माग भन्दा बढी आवेदन

न्युज कारोबार काठमाडौं वैशाख १७, २०७८       

एनआईबीएल समृद्धि फण्ड-२ मा माग भन्दा बढी आवेदन

एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानीकोष योजना एनआईबीएल समृद्धि फण्ड-२ को प्रतिइकाई १० रूपैयाँ अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो । हालै सम्पन्न उक्त योजना एनआईबीएल समृद्धि फण्डमा चार दिनभित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त भएको छ ।

हालको समयमा विभिन्न संस्थाद्वारा सार्वजनिक रुपमा बिक्री तथा खुला गरिएको सामूहिक लगानीकोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् । जसको उदाहरणका लागि हाल सम्पन्न एनआईबीएल म्युचुअल फण्डअन्तर्गत एनआईबीएल समृद्धि फण्ड-२ मा परेको आवेदनले पनि पुष्टि गरेको छ । 

यस योजनामा सम्पूर्ण लगानीकर्ताले देखाएको  उत्साहजनक सहभागिताको लागि लगानीकर्ताप्रति धन्यवाद व्यक्त गरेका छन् । 

सम्बन्धित खबरहरु