Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

बिहीबार सेयर बजार : दुई कम्पनीको कारोबारमा सर्किट, चार अर्ब रुपैयाँको किनबेच

न्युज कारोबार काठमाडौं वैशाख १६, २०७८       

बिहीबार सेयर बजार : दुई कम्पनीको कारोबारमा सर्किट, चार अर्ब रुपैयाँको किनबेच

बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २५.८२ अंकले बढेर दुई हजार ६११.१० अंकमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर मापक गर्ने सेन्सेटिभ परिसूचक ३.९१ अंकले बढेर ४६९.०२ अंकमा प्रवेश गरेको छ । आज २१७ कम्पनीको ९८ लाख १८ हजार ४६ कित्ता ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ रुपैयाँमा किनबेच भएको छ । आज दुई सब इन्डेक्सबाहेकका सबैको कारोबार सकारात्मक देखिएको छ । लगानी समूहको ०.१२ र होटल तथा पर्यटनको सेयर कारोबार ०.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै बैकिङ ०.४३, व्यापार ३.४८, विकास बैंक ०.९८, जलविद्युत ३.२१, वित्त ०.४२, निर्जीवन बिमा ०.९८, उत्पादनमुलक १.४८, अन्य २.५४, लघुवित्त ०.८६, जीवन बिमा ०.८५ र सामुहिक लगानी कोषको सेयर कारोबार ०.०९ प्रतिशतले घटेको छ । त्यस्तै आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सिंघाती हाइड्रो इनर्जी र महिला लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

सम्बन्धित खबरहरु