Nepalese Flag २०७८ वैशाख २३ गते बिहीबार   |   May 06, 2021

दीपक मनाङे गण्डकी प्रदेशको खेलकुदमन्त्री नियुक्त

न्युज कारोबार काठमाडौं वैशाख १६, २०७८       

दीपक मनाङे गण्डकी प्रदेशको खेलकुदमन्त्री नियुक्त

दीपक मनाङे नामले चिनिने राजीव गुरुङ गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । मनाङबाट प्रदेश सभामा स्वतन्त्र निर्वाचित गुरुङ पछि नेकपा प्रवेश गरेका थिए ।गुरुङले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

अदालतले नेकपाको एकता भंग गरी एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनी दुवै पार्टीमा लागेका थिएनन् । उनी  मुख्यमन्त्रीविरूद्ध दर्ता भएकाे अविश्वासकाे प्रस्तावमाथि मतदान गर्ने बसेकाे बुधबारको प्रदेशसभा बैठकमा लामो समय अनुपस्थित भएका थिए । उनीसँगै सम्पर्कविहीन भएका जनमोर्चाका सांसद खिमविक्रम शाही भने अस्पतालमा भेटिएका थिए । शाहीले आफू प्रस्तावकै पक्षमा रहेकाे बताएका छन् ।

सम्बन्धित खबरहरु