Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

न्युज कारोबार काठमाडौं वैशाख १२, २०७८       

हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

कोभिड–१९ संक्रमितको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ । प्रदेश सरकारको मातहत रहेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो ।

संक्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका संक्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ । केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ ।

ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका सङ्क्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ । अक्सिजनको मात्रा कम हुने संक्रमितलाई बढी खतरा हुन्छ । 

आइसोलेसन कक्ष पुनः सञ्चालन

हेटौँडा–६ स्थित गौरीटारमा आइसोलेसन कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ । आइसोलेसन कक्षमा हाल १५ शय्या छन् । यद्यपि शय्याको क्षमतालाई बढाउने तयारी भएको छ । संक्रमण पुष्टि भएर घरमा बस्न सक्ने सम्भावना नभएका संक्रमितलाई आइसोलेसन कक्षमा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित खबरहरु