Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

कर्णालीमा २२ जनामा कोरोना संक्रमण

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

कर्णालीमा २२ जनामा कोरोना संक्रमण

शनिबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २० र रेपिड एन्टिजेन विधिबाट परीक्षणमा गर्दा दुई जनासहित २२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या ७ हजार ८४२ पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार आरटी–पीसीआर विधिबाट पुष्टि भएका ७ हजार ६९३ र रेपिड एन्टिजेन विधिबाट पुष्टि भएका १४९ गरी ७ हजार ८४२ जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १३, दैलेखका तीन, जुम्लाका एक, दाङका दुई, अछामका एक जना रहेको निर्देशनालयले जानकारी दिएको छ । दैलेखमा रेपिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा समेत दुई जनामा कोरोना पुष्टि भएको हो । शनिबार भने प्रदेशभर कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु नभएको निर्देशनालयले जानकारी दिएको छ । यसअघि कोरोना भाइरसको संक्रमणका कारण कर्णालीका ३१ जना नागरिकले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित खबरहरु