Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

कर्णालीमा कांग्रेसहित मन्त्रिपरिषद् पुर्नगठनको तयारी

सीता वली सुर्खेत वैशाख ४, २०७८       

कर्णालीमा कांग्रेसहित मन्त्रिपरिषद् पुर्नगठनको तयारी

कांग्रेससहित कर्णाली प्रदेश मन्त्रिपरिषद्को पुर्नगठन हुने भएको छ । विश्वासको मत लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालेका हुन् । छिटै मन्त्रिपरिषद्को पुर्नगठन हुने सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिइन् ।

‘मुख्यमन्त्रीले विश्वासको मत लिएपछि राजनीतिक किचलो सकिएको छ,’ मन्त्री केसीले भनिन्, ‘सम्भवतः एक साताभित्रै मन्त्रिपरिषद् पुनर्गठन भएर सरकारले पूर्णता पाउँछ ।’ कांग्रेसबाट हिमबहादुर शाही र यज्ञ विसीलाई मन्त्री बनाउने गृहकार्य भइरहेको भए पनि  सरकारमा सहभागी हुने बारे अहिल्यै नै टुंगोमा पुगी नसकेको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । उनले चित्त बुझ्दो ठाउँ पाएपछि सरकारमा जाने तर्क गरे ।

एमालेबाट फ्लोर क्रस गर्ने सांसदहरुमध्ये दुई सांसदलाई समेत मन्त्री पद दिने गरी छलफल अगाडि बढेको हो । जसमा दैलेखबाट निर्वाचित अम्मरबहादुर थापा र कालिकोटका कुर्मराज शाही रहेका छन् । यसबारे आधिकारिक निर्णय भने हुन सकेको छैन । 

सम्बन्धित खबरहरु