Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

त्रिकोणात्मक टी-२० सिरिज : नेपालको शानदार जित

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

त्रिकोणात्मक टी-२० सिरिज : नेपालको शानदार जित

नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा डच टोलीले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले सुखद ब्याटिङ गरे । १३औं ओभरको चौथो बलमा आउट भएका उनले ५ चौका र ५ छक्काको मदतमा ६२ रन बनाए ।

उनी आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल आए । उनसँग मिलेर नेपाललाई जिताउनु अघि आरिफले पनि अर्धशतक पुरा गरे । ३६ बलमा अर्धशतक पुरा गरेका उनी ५४ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल पनि १३ रनमा नटआउट रहे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । नेदरल्याण्डको सुरुवात राम्रो थिएन । दोस्रो ओभरको छैटौं बलमा सन्दीप लामिछाने म्याक्स ओ डोडलाई एलबीडब्लू धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाए ।

सम्बन्धित खबरहरु