Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

मेन्टरसीप सहयोगसहित महासंघका लगानीकर्ताहरूसँग आवद्ध हुन आव्हान

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

मेन्टरसीप सहयोगसहित महासंघका लगानीकर्ताहरूसँग आवद्ध हुन आव्हान

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इनोभेशन समितिले समितिको कार्ययोजनाअनुसार मेन्टरसीप सहयोगसहित महासंघका लगानीकर्ताहरूसँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसँग आजबाट आवेदन आब्हान गरेको छ । आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ । समितिले गएको चैत्र ९ गते एक पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ ।

महासंघको स्टार्टअप एन्ड इनोभेशन समितिसँग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसँग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ । नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो ।

एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिवद्धता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् । आवेदनका साथ कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाण पत्रहरू, कम्पनीको सञ्चालक समितिको माइन्यूट, कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको बायोडाटालगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने छ ।

महासंघको वेबसाइट https://fncci.org/news/detail.php?i=2958को वेबपेजबाट अनलाइन आवेदन फारम लिङक प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित खबरहरु