Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

घरेलु तथा साना उद्योग महासंघको महाअधिवेशन जेठमा

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

घरेलु तथा साना उद्योग महासंघको महाअधिवेशन जेठमा

आगामी जेठ तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ । महासंघको राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको ११औं बैठकले आगाामी जेठ २४, २५ र २६ गते २५औं महाधिवेशन तथा २२औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्ने छ । बैंठकमा महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गरेक थिए । विगतमा भएका केन्द्रीय सचिवालय समिति बैठकका निर्णयहरूको जानकारी र कार्य व्यवस्थापन समिति बैठकका निर्णयहरुको बैठकले अनुमोदन गरेको थियो ।

महाधिवेशनका लागि समान प्रकृतिका संघसंस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको थियो । महासंघले नेपाल नवीकरणीय उर्जा परिसंघसँग एकिकरणका सन्दर्भमा प्रक्रिया अगाडि बढाएको छ । परिसंघ नेपालमा नवीकरण उर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनीहरु र फर्महरुको छाता संगठन र गैरसरकारी संस्थाहरुको एकल संस्थाको रुपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो ।

बैठकमा परिसंघका अध्यक्ष गुणराज ढकालले महासंघसँग एकीकरण गर्न गरेको निर्णयसम्बन्धी जानकारीपत्र महासंघका अध्यक्ष श्यामप्रसाद गिरीलाई हस्तान्तरण गरेका थिए । बैठकमा महासंघका अध्यक्ष श्याम गिरी, निवर्तमान अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष सूर्य कँडेल लगायतले बोलेका थिए । बैठकले महासंघको विद्यमान विधानका केही दफाहरुमा संशोधन गर्ने निर्णय गर्दै संशोधित विधानका विषयमा आगामी वैशाख २५ गते विशेष साधारणसभामार्फत संशोधित विधान पारित गर्ने निणयसमेत गरिएको छ ।

सम्बन्धित खबरहरु