Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

क्युबामा राष्ट्रपति क्यास्ट्रोद्वारा राजीनामाको घोषणा, नेतृत्व युवा पुस्तालाई

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

क्युबामा राष्ट्रपति क्यास्ट्रोद्वारा राजीनामाको घोषणा, नेतृत्व युवा पुस्तालाई

क्युबा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्ट्रोले पार्टी महासचिव पदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै क्युबामा क्यास्ट्रो परिवारको ६० वर्ष लामो शासन सकिएको छ । शुक्रबारबाट सुरु पार्टीको चारदिने सम्मेलनपछि पद त्याग्ने राहुल क्यास्ट्रोले बताएका छन् ।

सम्मेलनलाई सम्बोधनको क्रममा ९१ वर्षीय राहुल क्यास्ट्रोले आफूले युवालाई नेतृत्व सुम्पिन लागेको बताएका छन् । ‘मैले पूरै लगन र साम्राज्यवादी भावना विपरीत युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दैछु,’ उनले भनेका छन् । सन् १९५९ को क्रान्तिपछि क्युबामा क्यास्ट्रो शासन सुरु भएको थियो । क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो विरामी भएपछि उनका भाइ राउलले सन् २००६ बाट कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए । त्यसको करिब तीन वर्षपछि उनी राष्ट्रपति बनेका थिए । फिडेलको सन् २०१६ मा निधन भएको थियो ।

राहुलले भावी राष्ट्रपति को हुने भनेर खुलाएका छैनन् । यद्यपि क्यास्ट्रोका विश्वासपात्र मिगल डयाजकनेललाई अघि सार्ने संकेत देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाले लेखेका छन् । पार्टी महासचिवको जिम्मेवारी पनि मिगललाई दिने सम्भावना छ । 

सम्बन्धित खबरहरु