Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

बालुवाटारमा सर्वदलीय बैठक सुरू, को-को गए ?

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

बालुवाटारमा सर्वदलीय बैठक सुरू, को-को गए ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरू भएकाे छ । बैठमा नेकपा (माओवादी केन्द्र) र एमालेकै झलनाथ खनाल-माधव कुमार नेपालकाे सहभागिता रहेकाे छैन ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन्।  त्यस्तै, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसबाट रामचन्द्र पौडेल र बालकृष्ण खाँड बैठकमा सहभागी छन् । जनता समाजवादी पार्टी (जसपा) बाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रकाशचन्द्र लाेहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालका साथै जनमाेर्चाकाे प्रतिनिधि पनि रहेकाे बताइएकाे छ ।

कोभिड–१९ को संक्रमण र प्रतिनिधसभाको चालु अधिवेशन लगायतका विषयमा सुझव लिनका लागि प्रधानमन्त्री ओलीले बैठक बाेलाएका हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव सर्वदलीय बैठकमा सहभागी नहुने बताइसकेका छन् ।

सम्बन्धित खबरहरु