Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

सर्वदलीय बैठकमा प्रचण्ड नजाने

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

सर्वदलीय बैठकमा प्रचण्ड नजाने

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नजाने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको भन्दै प्रचण्ड आजको सर्वदलीय बैठकमा नजाने भएका हुन् ।

सिंहदरवारमा बैठक बस्ने भयो भने प्रचण्ड सहभागी हुने उनीनिकट एक स्थायी समिति सदस्यले बताए । विगतमा एउटै पार्टीमा रहेर सहकार्य गरेका नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई शुक्रबार फोन गरी ओलीले बैठकको निम्तो दिएका थिए । प्रचण्डले आफू बालुवाटार नआउने बरु बैठक सिंहदरबारमा डाक्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

सम्बन्धित खबरहरु