Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

नेपालगञ्जको बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा 

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

नेपालगञ्जको बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा 

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आमनागरिक माझ डिजिटल बैंकिङ सेवाको पहुँच बिस्तार गर्ने अभियान सञ्चालन गरिरहेको माछापुच्छ्रे बैंकले नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले गत शुक्रबार बागेश्वरी मन्दिरमा क्यूआर कोडमार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरे । गर्भनर अधिकारीले बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यूआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । उनले क्यूआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशि कटौती हुने हुँदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने कुरा जानकारी गराए ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यूआर कोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद ज्ञापन गरे । माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले क्यूआर कोड बारेमा प्रकाश पारेका थिए । बाँकेका प्रमुख अधिकारी शिवराम गेलालले माछापुच्छ्रे बैंकले बागेश्वरी मन्दिरमा सुरु गरेको क्यूआर कोड सेवाको सफलताको लागि शुभकामना व्यक्त गरे ।

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

सम्बन्धित खबरहरु