Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

कोहलपुर दुर्घटना : मृतकमध्ये ४ जनाको सनाखत, घाइते ३८ मध्ये ७ जना गम्भीर

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

कोहलपुर दुर्घटना : मृतकमध्ये ४ जनाको सनाखत, घाइते ३८ मध्ये ७ जना गम्भीर

बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोलानजिक बस र टिपर ठोक्किँदा मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका- १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका- ३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी- ७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका- १० का ४५ वर्षीय छत्रबहादुर कटुवाल छन् ।

मृतक एक महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धारका लागि दुई क्रेन र तीन स्काभेटर प्रयोग गर्नुपरेको थियो । पूर्ण रुपमा क्षतिग्रस्त बस र टिप्परभित्र रहेका घाइतेको उद्धारकालागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सम्बन्धित खबरहरु