Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरकोे लालपत्तामा

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरकोे लालपत्तामा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका- ६ लालपत्तामा १०९औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि बैंकले स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

उक्त शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको सिटिजन्स बैंकले जनाएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंकले आफ्ना १६७ शाखा, ११३ एटीएम र १०९ शाखारहित बैंकिङ इकाईबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ ।

सम्बन्धित खबरहरु