Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि  सामान्यतया मौसम सफा रहेको छ । हिजोको वर्षाले केही दिनदेखि देखिएको तुवाँलो हटाएसँगै मौसम सफा बनेको महाशाखाको भनाइ छ ।

अहिले केही पहाडी भागमा  बादल रहेका र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रहँदे अधिकांश भागमा वर्षाको सम्भावना रहेको बताइएको छ । 

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित क्षणिक वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबरहरु