Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

त्रिकोणात्मक टी२० क्रिकेट श्रृंखला आजबाट, नेपाल र नेदरल्यान्डस भिड्दै

न्युज कारोबार काठमाडौं वैशाख ४, २०७८       

त्रिकोणात्मक टी२० क्रिकेट श्रृंखला आजबाट, नेपाल र नेदरल्यान्डस भिड्दै ट्रफी सार्वजनिक गरिँदै ।

नेपाल, मलेसिया र नेदरल्यान्ड्स सहभागथी त्रिकोणात्मक टी२० क्रिकेट श्रृंखला आजबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताअन्तर्गत पहिलाे खेलमा आयोजक नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दैछन् । खेल आज दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ ।

यसअघि शुक्रबार प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले संयुक्त रुपमा सार्वजनिक गरेका छन् । कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच आयोजना हुन लागेको श्रृंखलामा महामारीबाट जोगिन होटलदेखि मैदानसम्म अपनाउनुपर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको प्रतियाेगिताका निर्देशक माधव कर्माचार्यले जानकारी दिए । उनका अनुसार  प्रतियोगितामा सहभागी सबै खेलाडीको कोरोना परीक्षण भइसकेको छ ।

क्यानका महानिर्देशक रौनक मल्लले खेल हेर्न दर्शकका लागि टिकटको व्यवस्था मिलाइएको जानकारी दिए ।

सम्बन्धित खबरहरु