Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएपछि उनको पद जोगिएको छ । नेकपा एमाले (माधव नेपाल) समूहका सांसदले विश्वासको मत दिएपछि उनको पद जोगिएको हो । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । मुख्यमन्त्री शाहीले भने २२ मत पाए । प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् ।

त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । बाँकी नेकपा एमाले (माधव समूह) का ४ जना सांसदले विस्वासको मत दिएपछि मुख्यमन्त्रीको पद जोगिएको हो । माधव नेपाल पक्षका सांसद सल्यानका प्रकाश ज्वाला, डोल्पाका नन्दसिं बुढा, दैलेखका अम्मरबहादुर थापा र कालिकोटका कुर्मराज शाहीले विश्वासको मत दिएका थिए ।

सम्बन्धित खबरहरु