Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

शुक्रबार थपिए ९०० कोरोना संक्रमित

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

शुक्रबार थपिए ९०० कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार १५८ जनामा पीसीआर परीक्षण गर्दा ९ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एन्टीजेन टेष्ट परीक्षणमा ६४ जनामा कोरोना पोजिटिभ देखिएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसँगै देशभर  निको हुनेको कुल संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ । शुक्रबार थप २ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ । 

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ पुगेको छ । जसमध्ये ७७ जना क्वारेन्टिनमा छन् ।
 

सम्बन्धित खबरहरु