Nepalese Flag २०७८ वैशाख २३ गते बिहीबार   |   May 06, 2021

त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक

शनिबार सुरु हुने त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज सुरु हुने भएपछि शुक्रबार ट्रफी सार्वजनिक गरिएको हो ।

नेपालका लागि टिम कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याण्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले शुक्रबार सोल्टी होटलमा ट्रफी सार्वजनिक गरेका हुन् । कोराना महामारीको प्रकोप बढेका कारण जोगिनका लागि होटलदेखि मैदानसम्म सबै प्रोटोकल अपनाएको सिरिजका निर्देशक माधव कर्माचार्यले बताए ।

सम्बन्धित खबरहरु