Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर विशेष अदालत काठमाडौँमा सञ्चालन

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर विशेष अदालत काठमाडौँमा सञ्चालन


प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा  काठमाडौँ महानगरपालिकास्थित वडा नं ११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबारदेखि कारोबार सुरु भएको हो ।

विशेष अदालत काठमाडौँका न्यायाधीश प्रेमराज कार्कीबाट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् । बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित विशेष अदालतमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र विशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।


    
 

सम्बन्धित खबरहरु