Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

इकाई धनीलाई ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्दै एनआईबीएल एस क्यापिटल

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

इकाई धनीलाई ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्दै एनआईबीएल एस क्यापिटल

एनआईबीएल एस क्यापिटलले इकाई धनीलाई ६३.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । नेपालको पुँजी बजारमा सामूहिक लगानी कोषअन्र्तगत विभिन्न योजनाहरु सञ्चालन गर्ने उद्देश्यले आफू कोष प्रबर्द्धक रहि साथै बैंकको सहायक कम्पनीको रुपमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआईबीएल म्युचुअल फण्ड’ नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आइरहेको छ ।

‘एनआईबीएल म्युचुअल फण्ड’ को पहिलो योजना ‘एनआईबीएल समृद्धि फण्ड-१’ सफलता पूर्वक सञ्चालन गर्दै यस योजनाका इकाई धनीलाई हालसम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पूरा भई योजना बन्द हुनेछ । पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानीकर्ताहरुको विश्वासलाई निरन्तरता दिने उद्देश्यका साथ बैंकले ‘एनआईबीएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने चौँथो योजनाको रुपमा ‘एनआईबीएल म्युचुअल फण्ड २’ नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ । यस योजनाको आकार एक अर्ब २० करोड (एक अर्ब बीस करोड रुपैयाँ) र यस योजना १० वर्षको अवधिसम्म सञ्चालनमा रहनेछ । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईमध्ये बीज पुँजीबापत १० लाख इकाई योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रवर्द्धका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित राखेर बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिनेछ ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रही इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उद्देश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको अवधिसम्म इकाईहरु दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

सम्बन्धित खबरहरु