Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

भारतमा एकै दिनमा कोभिड-१९ संक्रमित संख्या दुई लाख सत्र हजार

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

भारतमा एकै दिनमा कोभिड-१९ संक्रमित संख्या दुई लाख सत्र हजार

भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि कूल संक्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस संक्रमणको माहामारी सुरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी संक्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका थिए । कोरोना संक्रमणबाट बिहीबार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ । पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित हुदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी संक्रमित भएका हुन् । यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् । विगत केही दिनहरुमा कोभिड-१९ को संक्रमण उच्च रहेको छ । संक्रमण बढ्दै गएपछि विद्यालयहरुले परीक्षा रद्द र स्थगित गर्दै आएको छ । भारतको पश्चिम बंगालमा बाँकी रहेको चार चरणमा मतदान के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको सहभागीतामा शुक्रवार एउटा महत्वपूर्ण बैठक बस्ने जनाइएको छ ।

राष्ट्रिय राजधानी दिल्ली एक सावधानी उपायको रुपमा एक साताको कर्फयु शुक्रवार रातिबाट सुरु भएको छ । 

सम्बन्धित खबरहरु