Nepalese Flag २०७८ कार्तिक ८ गते सोमबार   |   October 25, 2021

अन्त्य र आरम्भ

खेमराज रौतेडा काठमाडौं वैशाख ३, २०७८       

jeewan-bima-jaruri-chha अन्त्य र आरम्भ

अन्त्य र आरम्भ
एका बिहानै
छोएर पानी
ढोगेर सूर्य
ऊ हिडेको थियो मन्दिर, 
देउतालाई भेट्न
बिर्सेर !
श्वास र शरीरको सम्बन्ध
समय र सुन्दरताको सम्बन्ध
ऊ बगैँचाको सुन्दर फूल न थियो 
बिर्सेर धरातल
देखाएर दम्भ
ओइलाउँदै झरेका पूर्खाहरूलाई 
हिडेको थियो ऊ ।
चितामा लाससँग जल्न
मन्दिरका मूर्तिमा ठोकिन
उसलाई के थाहा ?
माटो र जीवनको सम्बन्ध 
अन्त्य र सुरूको सम्बन्ध 
मृत्यु र जीवनको सम्बन्ध
सुत्नु र बिउँझनुको सम्बन्ध
नसुत्ने बिउँझदैन 
नमर्ने जन्मदैन
शिशिर नगए वसन्त आउँदैन
दिन हुन, रात ढल्नुपर्छ 
गर्मी हुन जाडोलाई हतार हुनपर्छ 
प्याक प्याक भएपछि,
प्यासले मन्दिरमा
रापले सेकिएपछि
आगोले चितामा
बुझ्नेछ छ ऊ
निर्मम हत्या 
दम्भको परिणाम
नम्रताको फाइदा
र बुझ्नेछ जिन्दगी
मर्नु र मारिनु बीचको फरक
कृत्रिम र प्राकृतिक विषय बीचको भिन्नता
र बुझ्नेछ 
जीवनको अन्त्य,
गर्नेछ महशुस, अन्त्यको 
अन्त्य सुरुवात हो ।
परिवर्तनका लागि युग ढल्नुपर्छ
जसरी ढल्नुपर्छ, 
आरम्भले आरम्भका लागि ।।

सम्बन्धित खबरहरु