Nepalese Flag २०७८ वैशाख २३ गते बिहीबार   |   May 06, 2021

रुरु जलविद्युतको आइपीओ बाँडफाँड, ३७ हजार ९१६ जनाले पाए सेयर

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

रुरु जलविद्युतको आइपीओ बाँडफाँड, ३७ हजार ९१६ जनाले पाए सेयर

रुरु जलविद्युतको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको सेयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले हात पारेका छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँड गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र सेयर पाएका हुन् ।

क्यापिटलका अनुसार सर्वसाधारणमा निष्काशन गरिएको ३ लाख ७९ हजार १६७ कित्ता सेयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले गोलाप्रथाबाट १० कित्ता पाएका हुन् । यसरी बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता शेयर पुनः सेयर पाउने ३७ हजार ९१६ जनालाई गोलाप्रथामा सहभागी गराएर ७ जनालाई थप १ कित्ता वितरण गरिएको हो । यसअनुसार कम्पनीको आइपीओ ७ जनाले ११ कित्ता र ३९ हजार ९०९ जनाले १० कित्ता पाएका छन् । बाँकी आवेदकले सेयर पाउन सकेनन् ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ जारी गरेको थियो ।कम्पनीले कुल निष्काशित सेयरमध्ये सामूहिक लगानी कोषका लागि २० हजार ३८५ र कर्मचारीहरुलाई लागि ८ हजार १५४ सुरक्षित गरी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइपीओमा कुल १६ लाख ८३ हजार १२१ वटा आवेदनमार्फत २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता खरिदको लागि आवेदन परेको हो । जुन सर्वसाधारणबाट माग भएको तुलनामा ६२.१० गुणा बढी हो ।

सम्बन्धित खबरहरु