Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

अमेरिकी प्रतिबन्धपछि रूसको प्रतिक्रिया- तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

अमेरिकी प्रतिबन्धपछि रूसको प्रतिक्रिया- तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम

अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको छ । साइबर हमला तथा अन्य शत्रुतापूर्ण कार्य गरेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको यो प्रतिबन्धमा रुसी अधिकारी तथा दर्जनौँ रुसी संस्थाहरु निसानामा परेका छन् ।

अमेरिकाले प्रतिबन्धको कारण खुलाउँदै भनेको छ- रुसको हानीकारक वैदेशिक गतिविधि रोक्नु प्रतिबन्धको उद्देश्य हो । अमेरिकाले सन् २०२० मा भएको चुनाव तथा गत वर्षको ठूलो ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप लगाएको छ । तर अमेरिकाले लगाएको आरोप अस्वीकार गर्दै रुसले त्यस्तै प्रकारको प्रतिउत्तर दिने जनाएको छ ।

प्रतिबन्धहरू घोषणा भएपछि रुसी विदेश मन्त्रालयले त्यसलाई खतरनाक तवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम भनेको छ । रुसले यसको निर्णायक प्रतिउत्तर दिने पनि जनाएको छ । (बीबीसी)

सम्बन्धित खबरहरु