Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

च्याम्पियन्स लिग : यस्तो बन्यो सेमिफाइनल समीकरण

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

च्याम्पियन्स लिग : यस्तो बन्यो सेमिफाइनल समीकरण लिभरपुललाई पराजित गरेपछि रियलका खेलाडीहरू ।

जारी सिजनको च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलमा आ-आफ्नो खेल जित्दै पीएसजी, चेल्सी, रियल मड्रिड र म्यानचेस्टर सिटी अन्तिम चारमा प्रवेश गरेका हुन् । 

सेमिफाइनल प्रवेशका लागि पीएसजीले बायर्न, चेल्सीले पाेर्टाे, रियल म्याड्रिडले लिभरपुल र म्यानचेस्टर सिटीले बाेरूसिया डर्टमन्डलाई पराजित गरेका थिए । अब फाइनल प्रवेशका लागि स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै फ्रेन्च क्लब पीएसजीले प्रिमियर क्लब सिटीको सामना गर्नेछ । अब सेमिफाइनल खेल अप्रिल २७ मा पहिलो लेगको खेल हुनेछन् भने दोस्रोे लेगको खेल मे चारमा हुने तय भएकाे छ ।

सम्बन्धित खबरहरु