Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

मेटलाइफ नेपालका ग्राहकले अब बिमा दाबी अनलाइन गर्न सक्ने

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

मेटलाइफ नेपालका ग्राहकले अब बिमा दाबी अनलाइन गर्न सक्ने

मेटलाइफ नेपालले यसै साता आफ्नो अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ । जसबाट ग्राहकले आवश्यक कागजात सहित बिमा दावी अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेश गर्न सक्नेछन् ।

यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प्राप्त हुनासाथ मेटलाइफको दावी टोलीले तुरून्त दावी प्रक्रिया सुरु गर्नेछ । ग्राहकले अनलाइन दाबी प्रक्रिया पूरा गर्न सरल चरणबद्ध निर्देशनहरु अनुसरण गर्न सक्दछन् । अनलाइन बिमा दरखास्त, प्रीमियम भुक्तान, र KYC अपडेटका साथै नयाँ ग्राहक सेवा APP प्रयोगमा ल्याइसकेको मेटलाइफ नेपालले अनलाइन बिमा दाबी गर्न सकिने यो नयाँ पहल कम्पनीको सेवालाई ग्राहकमाझ सरलीकृत तथा डिजिटल सेवा प्रदान गर्न चालेको अनेकन कदमहरूको एक अंश हो ।

मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, 'हामी बुझ्छौं कि बिमा दावी ग्राहकको जीवनको पीडादायक समयमा ध्यान केन्द्रित गर्ने असहज परिस्थिति हो, त्यसैले हामीले हाम्रो बीमा दावी प्रक्रियालाई सरल र सीधा बनाउने प्रयास गरेका छौं । ग्राहक केन्द्रित कम्पनीको रूपमा स्थापित हामी हाम्रा ग्राहकहरुका लागि डिजिटल अनुभवहरूको निरन्तर सुधार तर्फ अग्रसर रहिरहनेछौं जसबाट वहाँहरुले हाम्रा कार्यालयहरूमा भौतिक रूपमा उपस्थित नभई नै हाम्रा सम्पूर्ण सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ ।'

यसबारे थप जानकारीका लागि मेटलाइफको वेब साइट https://www.metlife.com.np/en/support/online-services/ मा भ्रमण गर्न सक्नेछन् ।


 

सम्बन्धित खबरहरु