Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

सेयर बजार दोहोरो अंकले वृद्धि : व्यापार र जलविद्युतबाहेक सबै उपसमूह उकालोमा

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

सेयर बजार दोहोरो अंकले वृद्धि : व्यापार र जलविद्युतबाहेक सबै उपसमूह उकालोमा

बिहीबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक २०.६७ अंकले बढेर दुई हजार ७३५.४६ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ६.१७ अंकले बढेर ४९२.४४ अंकमा पुगेको छ ।

आज २१८ कम्पनीको एक करोड ९० लाख २० हजार ५२८ कित्ता ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै बिहीबार व्यापार समूह र जलविद्युत समूहबाहेक सबै उकालोमा लागेका छन् । आज व्यापार ९९.६५ र जलविद्युत ८.९७ अंकले घटेको छ भने बैकिङ २३.०९, होटल तथा पर्यटन १०.५, विकास बैंक ९०.१८, वित्त २८.३९, निर्जीवन बिमा ९.०३, उत्पादनमुलक ४३.२७, अन्य ३.३, लघुवित्त ६.१४, जीवन बिमा ४५.६८ सामुहिक लगानी कोष ०.०५ र लगानी १.५९ अंकले बढेको छ ।

आज बीएफसीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किटको लेभलमा पुगेको छ । आज सबैभन्दा बढी मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन् । सो कम्पनीको कारोबार ९ अंकले घटेको छ । त्यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा ११८ अंकले घटेको छ ।

सम्बन्धित खबरहरु