Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

भारतको पश्चिम बंगालको निर्वाचनका लागि पूर्वी नाका सिल

न्युज कारोबार झापा वैशाख २, २०७८       

भारतको पश्चिम बंगालको निर्वाचनका लागि पूर्वी नाका सिल

भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ । (रासस)

सम्बन्धित खबरहरु