Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

राष्ट्रियता र जनताको भावना सबैले बुझ्नुपर्छ : प्रदेश प्रमुख शेरचन

न्युज कारोबार विराटनगर वैशाख १, २०७८       

राष्ट्रियता र जनताको भावना सबैले बुझ्नुपर्छ : प्रदेश प्रमुख शेरचन

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नयाँ वर्ष–२०७८ का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा पोखरास्थित सरकारी निवासमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले राष्ट्रियता र जनताको भावना सबैले बुझ्नुपर्ने बताए ।

कोरोनाको प्रभावका कारण देश जटिल परिस्थितिबाट गुज्रिएको बताउँदै उहाँले नयाँ वर्षले सबैमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मीको उपस्थिति थियो । (रासस)

सम्बन्धित खबरहरु