Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

नगरप्रमुख र प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमिमता भएको भन्दै तालाबन्दी

न्युज कारोबार काठमाडौं चैत ३१, २०७७       

नगरप्रमुख र प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमिमता भएको भन्दै तालाबन्दी

व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् । 

नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकबिनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगरप्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिएको वडाध्यक्षले बताएका छन् । कल्याणपुर नगरपालिकाका नौ जना वडाध्यक्ष तथा आठ जना कार्यपालिका सदस्यले सामूहिक रुपमा ११ सुत्रीय माग अघि सार्दै नगरपालिकामा तालाबन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए ।

चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतको भुक्तानी गर्न नसकेकाले आफूलाई स्थानीयवासीले पटकपटक वडा कार्यालयमा गई विभिन्न किसिमको आरोप लगाइने गरेको र आफूहरुलाई वडा कार्यालय सञ्चालन गर्न समेत कठिनाई भइरहकाले बाध्य भएर तालाबन्दी गर्नु परेको कल्याणपुर नगरपालिका– १ वडाध्यक्ष जयराम कामतीले बताए । 

कार्यबाहक नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत दासको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजना कमिसनको खेलमा आसेपासेलाई जिम्मा दिई आफूखुशी सञ्चालन गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवको आरेप छ । (रासस)

सम्बन्धित खबरहरु