Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

बुद्ध एयरका उडान संक्रमणरहित रहेकाे दाबी

न्युज कारोबार काठमाडौं चैत ३१, २०७७       

बुद्ध एयरका उडान संक्रमणरहित रहेकाे दाबी

केही महिनाको सुशुप्ततापछि कोभिड-१९ अहिले फेरि बढेको देखिन्छ । यसमा सबै नेपाली संवेदनशील हुनु जरुरी छ । सुरक्षित उपायहरु भनेकै मास्क, स्यानीटाइजरको प्रयोग तथा सामाजिक दुरी हुन् । यसको पालना वर्षौवर्ष गर्नुपर्ने देखिन्छ ।

आन्तरिक वायुसेवा अति आवश्यक सेवाअन्तर्गत पर्दछ । त्यसैअनुरुप सुरुवातमै बुद्ध एयरले कोभिडविरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई यसका सम्पूर्ण कर्मचारीलाई सुरक्षा तालिम, जनजागरण तथा पीपीई प्रदान गरेको थियो । जुन अहिले पनि जारी नै छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी भन्छन्, ‘संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौं’ । यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइजरको प्रयोग अनिवार्य बनाएको छौं ।' उनी थप्छन्, 'हामीले हरेक उडानको यात्रु डाटावेश कम्प्युटरकृत गरेका छौं ।सरोकारवाला निकायले मागेको खण्डमा हामी तुरुन्तै दिनसक्छौं ।' यसले करोना रोकथाममा सहयाेगी हुने बजार निर्देशक जोशी बताउँछन् ।

बुद्ध एयरका लगभग सबै कर्मचारीले करोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन् । अब दोस्रो डोज वैशाख १० भित्र लिइसक्ने विज्ञप्तिमा जनाएको छ । हवाई उडान पुन: सुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको छ । स-साना पसलदेखि ठूला-ठूला होटल, पर्यटकीय यातायात तथा गतिविधिहरु फेरि सुचारु भएका छन् । अहिले पुन: ठूलो जनशक्तिले रोजगार पाइरहेका छन् । तसर्थ उडान सहज सरल र संक्रमणरहित बनाउन यात्रुहरुको पनि उत्तिकै भूमिका रहेको हुँदा निर्देशिका पालना गर्न बुद्ध एयरले अनुरोध गरेको छ ।

लकडाउनताका आम नेपालीहरु खाद्यान्न भ्यान, गाडी, एम्बुलेन्स लगायतमा कोचिएर लामो यात्रा गर्न वाध्य भएका थिए । सुरक्षित उपायहरु अपनाइएका थिइएन । परिणामत: संक्रमण धेरै देखिएको थियो । अब फेरि यस्तो लकडाउन दोहोरिनु हुँदैन । सुरक्षित तथा संक्रमणरहित यात्राको व्यवस्था हुनैपर्ने बुद्ध एयरले जनाएकाे छ ।

सम्बन्धित खबरहरु