Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

‘आई पे रेमिट’मार्फत मलेसियाबाट पैसा पठाउँदा निःशुल्क जीवन बिमा

न्युज कारोबार काठमाडौं चैत ३१, २०७७       

‘आई पे रेमिट’मार्फत मलेसियाबाट पैसा पठाउँदा निःशुल्क जीवन बिमा

आई पे रेमिटले हाल विश्वभरी फैलिएको Covid-19 लाई मध्यनजर गर्दै Transfer Money & Get Protect Adding Value To Your Family Life  भन्ने मुल उद्देश्यका साथ यही अप्रिल ९ देखि लागू हुनेगरी मलेशियास्थित मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट आई पे रेमिटमार्फत पैसा पठाउँदा निशुल्क जीवन बिमा योजना लागू गरेको छ ।

यस योजनामा मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई समेटिने जनाइएको छ । ‘विदेशको ठाउँ सधैँ आफूअनुकुल नहुन सक्छ, हजुरको आड भरोसामा नेपालमा आफ्ना आफन्तजनहरु आश गरेर बसिरहेका हुन्छन् । तसर्थ आशा र भरोसालाई सदैव तपाईसँगै राख्न नेपाल पैसा पठाउँदा आई पे रेमिटलाई रोज्नुहोस् । आई पे रेमिटमार्फत पैसा पठाउँदा निशुल्क १ महिना जिवन बिमा, जुनसुकै मृत्युमा मलेसियन रिङगेट ४ हजार र डेंगू लागि मृत्यु भएमा मलेसियन रिङगेट ८ हजारसम्मको भुक्तानी नेपालमा रहेको आफन्तले प्राप्त गर्न सक्नेछन्,’ रेमिटले योजनाबारे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रेमिटका अनुसार अप्रिल ९ बाट सुरु भएको यो योजना ६ महिनासम्म लागू रहने छ । यस योजनामा सहभागी हुन मलेसिया स्थित मर्चेन्ट्रेड मनि ट्रान्सफरको सेवा केन्द्र, ऐजेन्ट एमएम कार्ड तथा ई रेमिटबाट आई पे रेमिटमार्फत नेपाल पैसा पठाउनु पर्नेछ । ग्राहकहरुले पैसा पठाइ सकेपछि प्राप्त भएको रसिद आफूसँगै सुरक्षित राख्नुपर्ने रेमिटले जनाएको छ । ‘आई पे रेमिट’ प्रालिले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स कारोबार नेपालमा भित्र्याएको छ । आई पे रेमिटले सधैँ ग्राहकको हित र सुविधाको लागि रेमिट्यान्स क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ । 

ग्राहकको हित तथा संरक्षणका लागि उपयोगीमुलक विभिन्न योजना सार्वजनिक गर्दै समयसापेक्ष सेवा दिइरहेको यस रेमिटले नेपालभर रहेका एक हजारभन्दा बढी भुक्तानी केन्द्र रहेका छन् ।जसमार्फत जुनसुकै बैंक तथा वित्तीय संस्थामा Real Time Account Deposite को सुविधा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबरहरु