Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

कर्णालीमा कोरोना : सक्रिय संक्रमितको संख्या ४३ पुग्यो

न्युज कारोबार काठमाडौं चैत २८, २०७७       

कर्णालीमा कोरोना : सक्रिय संक्रमितको संख्या ४३ पुग्यो

पछिल्लो समय कर्णालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा २९ जनामा गरिएको कोरोना परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशका विभिन्न पीसीआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार मात्रै १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

आरटी पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेहरुमा सुर्खेतका सात, दैलेख, सल्यान, जुम्ला, कालिकोट र अछामका एक–एक जना छन् । योसँगै कर्णाली प्रदेशमा संक्रिय संक्रमितको संख्या ४३ जना पुगेको छ । उनीहरु प्रदेश अस्पतालमा तीन र होम आइसोलेसन वीरेन्द्रनगरमा ३० जना बसेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार कर्णाली प्रदेशमा अझै जोखिम बढ्ने संभावना छ । भारतबाट आउनेको संख्या बढ्न थालेपछि कोरोना भाइरस संक्रमितको संख्या समेत बढ्ने थालेको उनले बताए ।

सम्बन्धित खबरहरु