Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरूद्ध

न्युज कारोबार धनगढी चैत २८, २०७७       

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरूद्ध

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको गोदावरी नगरपालिकास्थिल स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले ५ बर्षीय बालक आयुस जोशीको मृत्यु भएको जानकारी दिए । मोटरसाइकलको ठक्करबाट घाइते भएका जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको अझै पहिचान भएको छैन् । स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

सम्बन्धित खबरहरु