Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

ज्योति लाइफद्वारा भक्तपुर नगरपालिकाका कर्मचारीको मृत्यु दावी भुक्तानी

न्युज कारोबार काठमाडौं चैत २७, २०७७       

ज्योति लाइफद्वारा भक्तपुर नगरपालिकाका कर्मचारीको मृत्यु दावी भुक्तानी

ज्योतिलाइफ इन्सुरेन्सद्वारा भक्तपुर नगरपालिकाका कर्मचारी स्व. रामकृष्ण नायजुको सामुहिक म्यादी जीवन बिमा दावी भुक्तानी बापतको पाँच लाख पचास हजार रकम स्व. नायजुका श्रीमती रमा नायजु लाई चैत्र २५ गते प्रदान गरेको छ । स्व. नायजुको २०७७ फाल्गुन २४ गते अकस्मात निधन भएको थियो ।

नगरपालिकाका कर्मचारी कुनै पनि आकस्मिक वा विपदको परिस्थितिमा पनि निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीको सामुहिक म्यादी जीवन बिमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा गरिएको थियो । ज्योति लाइफले आफ्नो स्थापना देखी नै विभिन्न कार्यलयमा काम गर्ने कर्मचारीको आवश्यकता एव. बजेटको आधारमा विभिन्न सुविधा लिन मिल्ने गरी कर्मचारीको सामुहिक म्यादी जीवन बिमा योजनाको सेवा बिक्री गर्दै आएको छ । ज्योतिलाइफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बिमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ ।

भक्तपुर नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिका तथा ज्योतिलाइफका पदाधिकारीको उपस्थितिमा बिमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खबरहरु