Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

रेड पाण्डाको छालासहित ४ जना पक्राउ

न्युज कारोबार बाँके चैत २७, २०७७       

रेड पाण्डाको छालासहित ४ जना पक्राउ

बाँकेका संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित ४ जना पक्राउ परेका छन् । बिहीबार जिल्लाको कोहलपुर नगरपालिका-११ बसपार्कस्थित लालिगुराँस होटलबाट २ थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित रोल्पा सुनछहरी गाउँपालिका-१ बस्ने ३२ वर्षीय खिमानसिंह रोका मगरसहित अन्य ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जिप्रका बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्ने क्रममा उनीहरुलाई उक्त छालासहित फेला पारेको हो । सो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबरहरु