nmb bank

गृहपृष्ठ कलाकारहरूको फेसबुक ह्याक गरेको अभियोगमा १४ वर्षीय किशोर पक्राउ

कलाकारहरूको फेसबुक ह्याक गरेको अभियोगमा १४ वर्षीय किशोर पक्राउ

कलाकारहरूको फेसबुक ह्याक गरेको अभियोगमा १४ वर्षीय किशोर पक्राउ

फेसबुक आइडी ह्याक गरी रकम माग गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ती किशाेरले नेपाली चलचित्र क्षेत्रका केही कलाकारहरूले प्रयोग गर्दै आएको सामाजिक संजालमा अनाधिकृत पहुँच पुर्‍याइ फेसबुक एकाउन्ट ह्याक गरेकाे प्रहरीकाे भनाइ छ ।

फेसबुक आइडी ह्याक गरी उक्त एकाउन्टमा जोडिएका साथीहरूसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित समय : ००:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु