गृहपृष्ठ दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकको क्यूआर कोड, वाइफाइ फ्री
दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकको क्यूआर कोड, वाइफाइ फ्री
सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्यूआर कोड भुक्तानी कारोबारको बिहीबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले सुरुवात गरे ।
उपभोक्ता तथा भक्तजनले अब मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिरपरिसरमा रहेका पसलमा पूजा सामग्री, चिया नास्ता तथा अन्य सामग्री खरिद गरी रकम भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकको सहजताका लागि बैंकले मन्दिर परिसरमा निःशुल्क वाइफाइ सुविधासमेत उपलब्ध गराएको छ । सनराइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्यूआर कोडमार्फत भुक्तानी कारोबारको सुरुवात गरिएको हो ।
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्त तामाङ, दक्षिणकाली क्षेत्र विकास समितिका अध्यक्ष शंकरमान महर्जन, सनराइज बैंकका सञ्चालक शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालगायतको उपस्थिति थियो ।
प्रकाशित समय : १२:५७ बजे