Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

बटेश्वर गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीबाट ८ लाख घुस रकम बरामद, अध्यक्ष सम्पर्कविहीन 

न्युज कारोबार धनुषा फागुन १८, २०७७       

बटेश्वर गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीबाट ८ लाख घुस रकम बरामद, अध्यक्ष सम्पर्कविहीन 

बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर क्षेत्री (गणेश राउत) चढ्दै आएको सरकारी गाडीबाट आठ लाख अवैध घुस रकमसहित गाडी चालक अख्तियारको फन्दामा परेका छन् । गाउँपालिकाले भवन निर्माणका क्रममा ठेकेदारसँग ८ लाख रुपैयाँ घुस रकम लिएको आरोपमा अख्तियारको टोलीले सोमबार साँझ गाउँपालिका अध्यक्ष राउतलाई अख्तियारको टोलीले पछ्याएको थियो ।

बटेश्वर गाउँपालिकाले अध्यक्षले चढ्दै आएको पालिकाको स्करपियोबाट ८ लाख रुपैयाँ बरामद भएको हो । ८ लाख रुपैयाँसहित गाडी र चालकलाई अख्तियारले टोलीले नियन्त्रणमा लिएको बटेश्वर प्रहरी चौकीले जनाएको छ । अध्यक्ष राउत सम्पर्कविहीन छन् । विकास निर्माणका क्रममा ठेकेदारहरुसग बटेश्वर गाउँपालिकामा निकै कमिसनको चलखेल हुँदै आएको स्थानीयको गुनासो छ ।

सम्बन्धित खबरहरु